Friday, January 9, 2009

Nepali Poem

मेरो आजको नेपाल

यहाँ हरेक आरुका
बोटमा उम्रँदा
वैलन्छन् फूल
कुखुरा बाँझा छन्
तर चल्ला पार्छन् फुल

यस्तै छ साथी यहाँको हाल
मेरो नेपाल , मेरो नेपाल

मान्छेले देबता बनाउँदैनन्
देबताले मान्छे मान्छे बनाउँदैनन्
भर्याङ बनाए कसैले
उ चढ्छ एक तला
तर छिनमै पग्लिन्छ
त्यो मैन-लिस्नो ज्या !

सपना बाँडिन्छ
काम प्रशस्त भाँडिन्छ
टाकुरामै झंडा गाडीन्छ
अन्त्यमा थाहा हुन्छ
झन्डा मैनकै हुन्छ

यस्तै छ साथी यहाँको हाल
मेरो नेपाल , मेरो नेपाल

नेपाली ठिटाको प्यान्ट
करीब खस्छ
जनै कन्दनी कौपिन कहिले खसिसक्यो !!
हाँस्दा नेपाली केटीको गालाबीच
मुस्कौँउछ हिन्दी लाली
हामी मर्नेमार्ने काम गर्छौँ
सप्रन्छ अंग्रेजी बाली

हाम्रो खेत ले हाम्रो पेट भरेन
युद्धमा नहारेका हामी
घुँडा टेकेर हार्नुपर्यो
खान पाएनौँ देशी गुहार्नुपर्यो
कठै ! खेत तैँले हामीलाई
एकल्काटे हुन दिएनस्
सिंगो संसार हुन दिएनस्

यस्तै छ साथी यहाँको हाल
मेरो नेपाल , मेरो नेपाल

यहाँका स्याउमा जापानको रस छ
क्षमा होस् चाइनाको रस छ
, इन्डियाको रस छ क्षमा होस्
जताततैको रस हुन थालेको छ
हामी हामी नै कहाँ छौँ र !
अर्कैको छ आकाश
अर्कैको पातल

यस्तै छ साथी यहाँको हाल
मेरो नेपाल , मेरो नेपाल
GOOGLE


श्री प्रल्हाद अधिकारी .
pro_lad@yahoo.com
00977 9849035325

No comments:

Post a Comment